Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोनाबाट थप १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण पुष्टि

    कोरोनाबाट थप १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । त्यस्तै, ८१६७ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।



    शुक्रबारको तुलनामा शनिबार मृत्‍यु हुने र सँक्रमणको संख्या घटेको देखिन्छ।



    शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५४८८ जनाले कोरोना जितेका छन् ।

    यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

    हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार