Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

    पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन्।



    प्रहरीका अनुसार उनले केही दिनअघि पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरेर फरार रहेका थिए। उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए।  खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार