Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

७७ वटै सिडिओलाई गृहको निर्देशन - बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्नू

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छिथ गतिविधि फैलाउनेलाई रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शुक्रबार मन्त्रालयले ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएर गृहले बैंकका शाखाको सुरक्षामा खलल पार्ने तथा आन्दोलनको नाममा शान्ति सुरक्षा हनन गर्ने क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसलाई रोक्न परिपत्र जारी गरेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध संगठित रूपमा नै आन्दोलन हुन थालेको छ । बैंकर्स संघको टोलीले बिहीबार गृहसचिव तथा प्रहरी प्रमुखलाई भेटेर सुरक्षा माग गरेको थियो ।

गृह मन्त्रालयका अनुसार बैंकविरुद्धको आन्दोलनका नाममा अवाञ्छित गतिविधि बढ्न थालेको देखेपछि त्यसलाई रोक्न निर्देशन दिइएको हो ।

१ फागुनमा विवादस्पद छविका व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077