Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सिसोदियाको जमानत याचिकामा आज सुनुवाइ हुँदै

    सिसोदियाको जमानत याचिकामा आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 441
    SHARES

    एजेन्सी । भारतको राजधानी दिल्लीका उपमुख्यमन्त्री पदबाट राजीनामा दिएका मनीष सिसोदियाले राउस एभिन्यू अदालतमा जमानतको निवेदन दिएका छन् ।

    निवेदनको सुनुवाइ आज अर्थात शनिबार हुने भएको हो । सिसोदिया हाल सीबीआई हिरासतमा छन्। हालै सिसोदियालाई कथित रक्सी घोटालाको आरोपमा पक्राउ गरिएको थियो।



    सिसोदियाले आफ्नो निवेदनमा आफूले अनुसन्धानमा सहयोग गरिरहेको र सबै कुरा पहिले जफत भइसकेकाले हिरासतमा नराख्दा कुनै नोक्सान नहुने बताएका छन् ।



    सिसोदियाको पाँच दिनको हिरासत शनिबार सकिँदैछ। यस्तो अवस्थामा सिसोदियाले राहत पाउने छन् कि थप कठिनाइ बढ्ने भन्ने निर्णय आज हुनेछ । यसअघि सिसोदियाका तर्फबाट सर्वोच्च अदालतमा निवेदन दायर गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार