Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार

पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ ।

५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको हो।

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।

डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

डुंगामा सवार सबैको उद्धार कार्य पूरा भइसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077