Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेवातालमा डुंगा पल्टिँदा घाइते भएकी वृद्धाको मृत्यु

कास्की । शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उनी चढेको डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो ।

घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीले जनाएको छ ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । दुईवटा डुंगामा ६ जना सवार थिए । डुंगा घोप्टिएसँगै तालमा डुबेका १० जनाकै फेवातालमै रहेको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा रहेका गोताखोर सहितको टोलीले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077