Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो : कमल थापा

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।

राप्रपा नेपाल मकवानपुरद्वारा हेटौँडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकका ठूला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए ।

अर्बौँ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, वाइडबडी, सार्वजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुँदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठूला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको भनाई छ ।

यस्तै उनले विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077