Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व डीआइजी भक्ति माझीको कार दुर्घटना

मोरङ । नेपाल प्रहरीका पूर्व डीआइजी तथा नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति भक्ति माझीको सवारी साधन दुर्घटनामा परेको छ ।

माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो ।

कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार पूर्वबाट पश्चिम पुष्पलाल चोकतिर आउने क्रममा कारको टायर पम्चर हुँदा अन्यन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077