Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • कम्बोडियाका विपक्षी नेता सोखालाई २७ वर्ष जेल सजाय

    कम्बोडियाका विपक्षी नेता सोखालाई २७ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । कम्बोडियाका विपक्षी नेता केम सोखालाई २७ वर्षको जेल सजाय तोकिएको छ ।

    घरमै नजरबन्दमा रहेका सोखालाई अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको हो । सोखा हाल विघटित कम्बोडियन नेश्नल रेस्क्यू पार्टीका नेता हुन् ।



    उनलाई जुलाइमा हुने चुनावमा उठ्न र मत हाल्नसमेत रोक लगाइएको छ। सोखाले भने आफूविरुद्ध लगाइएको आरोपहरुको खण्डन गरेका छन्।

    सोखालाई पहिलोपटक सन् २०१७ मा पक्राउ गरिएको थियो। सन् २०१३ मा अमेरिकाको प्रजातन्त्रिक समूहबाट सहयोग लिइरहेको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार