Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कम्बोडियाका विपक्षी नेता सोखालाई २७ वर्ष जेल सजाय

एजेन्सी । कम्बोडियाका विपक्षी नेता केम सोखालाई २७ वर्षको जेल सजाय तोकिएको छ ।

घरमै नजरबन्दमा रहेका सोखालाई अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको हो । सोखा हाल विघटित कम्बोडियन नेश्नल रेस्क्यू पार्टीका नेता हुन् ।

उनलाई जुलाइमा हुने चुनावमा उठ्न र मत हाल्नसमेत रोक लगाइएको छ। सोखाले भने आफूविरुद्ध लगाइएको आरोपहरुको खण्डन गरेका छन्।

सोखालाई पहिलोपटक सन् २०१७ मा पक्राउ गरिएको थियो। सन् २०१३ मा अमेरिकाको प्रजातन्त्रिक समूहबाट सहयोग लिइरहेको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077