Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक गर्छौं : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।

शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै यादवले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गर्ने बताएका हुन् । यादवले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए ।

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो। कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन्। जसमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077