Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशका माओवादी नेताहरूलाई काठमाडौं बोलाए प्रचण्डले

काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएको छ ।

मधेस प्रदेशमा लामो समयदेखि पार्टीमा देखिएको विवादलाई समाधान गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका हुन् ।

बैठक फागुन २६ गते केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको छ ।

बैठकमा मधेस प्रदेशका लागि केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नुका साथै प्रदेश र जिल्लाको सङ्गठन निर्माणको कार्य पनि हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077