Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • होलीमा उपत्यकामा साढे ८ हजार सुरक्षाकर्मी परिचालन, ६२ स्थानमा चेक प्वाइन्ट

    होलीमा उपत्यकामा साढे ८ हजार सुरक्षाकर्मी परिचालन, ६२ स्थानमा चेक प्वाइन्ट

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौं । फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको हो ।

    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले शान्तिपूर्ण रूपमा होली पर्व मनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको जानकारी दिए ।



    उनले होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिने बताए । होलीमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन पूर्ण सुरक्षाको व्यवस्था गरेको उनको भनाई छ ।



    उनका अनुसार मादक पदार्थ, लागु औषध सेवन, ओभर स्पिड, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन, दुईजना भन्दा बढी सवार भएको मोटर साइकललाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सबै मातहतका निकायलाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार