Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी, हजारौँ आश्रयविहीन

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ ।

आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर टहरा जलेर नष्ट भएका हुन् । आगलागीबाट हजारौं शरणार्थी आश्रयविहीन बनेका छन् ।

हाल नियन्त्रणमा आइसकेको आगोका कारण आइतवार कक्सबजार शिविरमा रहेका करिब २ हजार आश्रयस्थल ध्वस्त भएको बताइएको छ ।

लगभग १२ हजार शरणार्थीहरुको आवास नष्ट भएको अनुमान गरिएको छ । जसमध्ये अधिकांश छिमेकी म्यानमारको हिंसाबाट भागेकाहरु थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077