Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उपत्यकाका ६८ स्थानमा ट्राफिक प्रहरीको चेकिङ

काठमाडौं । होलीलाई मध्यनजर गरी काठमाडौं उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ ।

आज बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।

होली पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ६८ स्थानमा आज चेकिङ गरिरहेको छ।

सोमबार बिहान १० बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ८९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। आज देशका पहाडी क्षेत्रमा रङहरूको पर्व होली मनाइँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077