Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकाबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट उच्छृङ्खल तवरले होली खेलेको आरोपमा दुई सय १८ जना पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने बताइएको छ । काठमाडौं उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077