Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साफ यू-१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार टोली घोषणा गरेकी हुन्। रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट प्रोग्राम अन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ गते पाँच दिन खुला छनोटको आयोजना गरेको थियो।

नेपाली टोली

गोलकिपरः सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी

डिफेन्डरः अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेनु लिम्बु चबेगु

मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्डः दीपा रोकाया, वर्षा ओली, सेनु परियार

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077