Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय हाे : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् ।

भट्टराईले पछिल्लो समय वृहत् शान्ति सम्झौता मर्मविपरीतका कार्यहरू भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका हुन् ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूहरू अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्दाहरूलाई आयोग मार्फत समाधान गर्नुपर्ने जिकिर गरे ।

उनले अहिले संविधानमा रहेका महिलालगायतका जनताका अधिकारहरूलाई उल्टाउनका लागि विभिन्न प्रकृतिका षडयन्त्रहरू भइरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077