Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महिलामाथि हुने सामाजिक विभेद अन्त्य गरिनुपर्छ : सभामुख घिमिरे

    महिलामाथि हुने सामाजिक विभेद अन्त्य गरिनुपर्छ : सभामुख घिमिरे

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 399
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

    ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनले सो शुभकामना व्यक्त गरेका हुन् ।



    “जनआन्दोलनसहितका विभिन्न आन्दोलन र अभियानले नेपालमा महिलाको समावेशी नेतृत्वको अधिकार सुनिश्चित गरेको छर्लङ्ग छ”, सभामुख घिमिरेले सन्देशमा भनेका छन्, “आधाभन्दा बढी जनसङ्ख्या रहेका महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा ४१ दशमलव दुई प्रतिशत महिला निर्वाचित भएका छन्, सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको उपस्थिति छ ।”



    सामाजिक बनावटले वर्षौंदेखि महिलालाई पछाडि पारे पनि राजनीतिक चेतना र हाम्रा आन्दोलनको परिणामस्वरूप राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा महिलाले सफल नेतृत्व प्रदान गरेको उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार