Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देहीको सैनामैनामा एक पुरुष मृत फेला, ३ जना प्रहरीको नियन्त्रणमा

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

सैनामैना-२, सोरौलीमा बुधबार बिहान बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।

मृत फेला परेका पुरुषको पहिचान खुल्न सकेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतक पुरुषसँग मंगलबार सँगै रहेका ३ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077