Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहिद स्मारक 'ए' डिभिजन लिगमा सातदोबाटोको लगातार दोस्रो जित

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार विभागीय टोली एपीएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो ।

सातदोबाटोलाई जित दिलाउन विलियम असिएडुले निर्णायक गोल गरे । विलियमले खेलको ५५ औँ मिनेटमा गोल गर्दै सातदोबाटोको जित सुनिश्चित गरे ।

यस जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077