Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान गर्ने महिला चालकलाई ओलीको बधाई

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् ।

दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका हुन् ।

ओलीले ट्विट गर्दै लेखेका छन्, 'अघि बढ्दैछन् नेपाली महिला! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो। यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को-पाइलट सिर्जना रावतलगायत उहाँहरूको टिमलाई हार्दिक बधाई !'

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भने एयरबस २२० जहाज उडान गर्ने चालक दलका महिला सदस्यलाई विमानस्थलमै पुगेर स्वागत तथा बधाई दिएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निगमले एउटा उडान महिलाको जिम्मामा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077