Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एएफसी यू-२० महिला छनोट : प्यालेस्टाइनको पोस्टमा नेपालको आधा दर्जन गोल

काठमाडौं । एएफसी यू-२० महिला एशियन कप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ ।

बुधबार साँझ प्यालेस्टाइनको फैजल हल हुसैनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ६-० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

नेपालको जितमा दीपा शाहीले चार गोल गरिन् । यस्तै, गरिमा राईले दुई गोल गरिन् । समूह ‘बी’ मा रहेको नेपालको समूहमा प्यालेस्टाइन र नर्थन मरियाना आइसल्यान्ड छन् ।

यसअघि यही समूहमा रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो नाम फिर्ता लिएकाले नेपालले घरेलु टिम प्यालेस्टाइन र नर्थन मरियाना आइसल्यान्डसँग मात्र प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपालले अब आइतबार नर्थन मारियाना आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077