Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्याजदर घटाउने निर्णयसँगै सेयर बजार ५० अंकले बढेर २ हजार विन्दुमा

काठमाडौं । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयसँगै सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।

सेयर बजार आज बिहीवार उच्च अंकले बढेर हरियाली भएको छ । यस दिन नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार अंकको विन्दुमा उक्लिएको हो ।

यसअनुसार आज २१३ कम्पनीको सेयर बढेको छ भने तीनवटाको मात्रै घटेको र दुईवटाको उही मूल्यमा कारोबार भएको छ।

नेप्सेको अनुसार कुल ४५ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ ।

जसमा सबैभन्दा बढी कारोबार गर्नेमा शिवम् सिमेन्टका सेयरधनीहरु रहेका छन् । कम्पनीको ७ करोड ८५ लाख रुपैयाँको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077