Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन र चीनका राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गरेका छन् ।

भेटका लागि राजदूत सङ्ग प्रमुख शाहको कार्यकक्षमा पुगेका थिए ।

उनीहरूबीच आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी भएको महानगरले जनाएको छ ।

भेटवार्तामा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लागि चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077