Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकार बनाउने गृहकार्य

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपश्चात् राजनीति स्थिरताका लागि नयाँ गठबन्धन बन्ने गृहकार्य सुरु भएको छ । अब बन्ने नयाँ गठबन्धनमा संसद्भित्रको पहिलो र दोस्रो ठूलो दलका बीचमा हुनेछ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच नयाँ गठबन्धन बनाउने गृहकार्यमा नेता लागेका छन् । देशमा अस्थिरता अझै बढ्दै गइरहेको निष्कर्षसहित एमालेले त्यसलाई स्थिरतातिर लैजानका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको जनाएको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री कपी शर्मा ओलीले राजनीति स्थितरताका लागि दुई ठूला दलबीच नयाँ गठबन्धन बन्ने संकेत गरेका छन् । अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्दैन भन्न नसकिने बताए ।

बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिलेर नयाँ सरकार गठन हुन सक्ने बताउँदै भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन । कांग्रेससँग हामी मिल्न सक्छौं ।’

बिहीबारको निर्वाचनबाट निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका बहन गर्नुपर्ने बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077