Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ

मोरङ । मोरङमा हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवक चार लाख ७५ हजार नगदसहित पक्राउ परेका छन् ।

जिल्लाको विराटनगर महानगरपालिका १५ सुडी बस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साह पक्राउ परेका हुन् । उनी विराटनगरका चर्चित हुण्डी कारोबारी रहेको स्रोतको दाबी छ ।

कपडाको व्यापार व्यवसायी गर्दै आएका साह अहिले व्यापार छोडेर अवैध हुण्डीको धन्दामा लागेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साहलाई बिहीबार नै पक्राउ गरेको छ ।

उनको साथबाट हुण्डि कारोबारमा संलग्न कागजपत्र पनि फेला पारेको बताइएको छ । साहलाई प्रहरीले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077