Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उदयपुरमा आगलागीमा परि दिदीभाईको मृत्यु

उदयपुर । उदयपुरमा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको थियो । घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहादुर लुङ्गेली मगरले जानकारी दिए ।

आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077