काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।
खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । यो खेल जित्दै नेपाल तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ ।
सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ ।
लिग टु क्रिकेटको अन्तिम श्रृंखला अहिले काठमाडौंमा चलिहरेको हो । नेपाल, युएई र पीएनजीबीचको यो श्रृंखला पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ ।