Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै

    उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 927
    SHARES

    काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

    निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो ।



    नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले राष्ट्रपतिभन्दा फरक लिङ्गको उम्मेदवार हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।



    तर संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने स्पष्ट पारेको हो।

    यसअघि उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफूविरुद्ध परेको उजुरीमा जवाफ दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार