Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चीन भ्रमण सकेर उपराष्ट्रपति यादव स्वदेश फिर्ता

    चीन भ्रमण सकेर उपराष्ट्रपति यादव स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 348
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

    चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता भएका हुन् ।



    उनी गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए ।



    उपराष्ट्रपति यादवको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रिपरिषद्का सदस्यलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार