Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आफूमात्रै होइन, छिमेकीलाई पनि खुसी बनाउने नीति चीनको छ : नेता युगाङ

    आफूमात्रै होइन, छिमेकीलाई पनि खुसी बनाउने नीति चीनको छ : नेता युगाङ

    उपराष्ट्रपति यादव र चिनियाँ नेता युगाङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 549
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव सी युगाङबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच शनिबार उपराष्ट्रपति कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता भएको हो ।



    भेटमा युगाङले आफूमात्रै होइन, छिमेकीलाई पनि खुसी बनाउने नीति चीनको रहेको बताए ।



    उनले छिमेकीलाई विशेष महत्व दिएरै आफ्नो टोलीले नयाँ वर्षको अवसरमा नेपालबाटै भ्रमण सुरू गरेको प्रस्ट्याए।

    उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध हालैका वर्षमा बहुआयामिक क्षेत्रमा अझ व्यापक भएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार