Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से २६.८० अंकले घट्यो, १ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । आइतबार सेयर बजार २६.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार घटेर १९७५.८९ विन्दुमा पुगेको छ ।

योसँगै आज १८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २६ कम्पनीका सेयरधनीले कमाएका छन्। ६ वटाको भने उही मूल्यमा कारोबार भएको छ।

आइतबार २६० कम्पनीको एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँ बराबरको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस्तै, सबैभन्दा बढी कारोबा गर्नेमा शिवम् सिमेन्टका सेयरधनीहरु रहेका छन् । कम्पनीको ८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077