Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

एजेन्सी । अमेरिकाको सिग्नेचर बैंक बन्द भएको छ।

अमेरिकी नियामकहरूले सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएका हुन्।

अमेरिकामा सिलिकन भ्याली बैंक बन्द गरेको दुई दिनपछि राज्य नियामकहरूले न्यूयोर्क-आधारित सिग्नेचर बैंक पनि बन्द गराएका छन्।

यूएस ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले आइतवार एक संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैंकका सबै निक्षेपकर्ताहरूको रकम सुरक्षित रहने भन्दै बैक भएको घोषणा गरे ।

बैंकिङ नियामकहरूले सिग्नेचर बैंकका डिपोजिटकर्ताहरूलाई आफ्नो डिपोजिटहरूमा पूर्ण पहुँच हुने बताएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार सिलिकन भ्याली बैंकका ग्राहकहरूले सोमबारदेखिनै उनीहरूको निक्षेपहरूमा पहुँच पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077