Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

    नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 474
    SHARES

    काठमाडौं । नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

    प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गए राति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो ।



    नेपालको जितमा दीपा शाहीले दुई, सराह वज्राचार्य, सरस्वती हमाल, प्रीति राई र जेनिफर रानाले एक–एक गोल गरेका थिए ।



    नेपालले पहिलो हाफमा ५ गोल गरेयता दोस्रो हाफमा एक गोल थपेको हो । दीपाले पाँचौं मिनेटमा पहिलो गोल गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार