Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ताजिकिस्तानसँग आधा दर्जन गोल खाँदै नेपाल समूह चरणबाट बाहिरियो

    ताजिकिस्तानसँग आधा दर्जन गोल खाँदै नेपाल समूह चरणबाट बाहिरियो

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको अन्तर्गतको खेलमा नेपाल ताजिकिस्तानसँग फराकिलो गोलअन्तरले पराजित भएको छ।

    बिहीबार भएको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० गोलले हारेको हो।



    यस हारसँगै प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ। खेलको पहिलो हाफमा ३–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खाएको थियो।



    पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो। नेपाली जवान टोलीमा गोल खडेरी देखिएको छ। अघिल्लो दुवै प्रतियोगितामा पनि नेपाल गोलविहिन भएको थियो।

    समूह अन्तर्गत विहीबार नै भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले पराजित गरेको थियो। पहिलो खेलमा ताजिकिस्तानसँग १–० ले पराजित लेबनानको पनि छनोट हुने सम्भावना सकिएको छ।

    इरान र ताजिकिस्तानको ६–६ अंक हुँदा नेपाल र लेबनान अंकविहिन छन्। अब नेपाल र लेबनानले अन्तिम खेलमा एक अर्काको सामना गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार