Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एएफसी यू-२० महिला छनोट : प्यालेस्टाइनको पोस्टमा नेपालको आधा दर्जन गोल

    एएफसी यू-२० महिला छनोट : प्यालेस्टाइनको पोस्टमा नेपालको आधा दर्जन गोल

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 612
    SHARES

    काठमाडौं । एएफसी यू-२० महिला एशियन कप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ ।

    बुधबार साँझ प्यालेस्टाइनको फैजल हल हुसैनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ६-० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।



    नेपालको जितमा दीपा शाहीले चार गोल गरिन् । यस्तै, गरिमा राईले दुई गोल गरिन् । समूह ‘बी’ मा रहेको नेपालको समूहमा प्यालेस्टाइन र नर्थन मरियाना आइसल्यान्ड छन् ।



    यसअघि यही समूहमा रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो नाम फिर्ता लिएकाले नेपालले घरेलु टिम प्यालेस्टाइन र नर्थन मरियाना आइसल्यान्डसँग मात्र प्रतिस्पर्धा गर्ने भएको हो ।

    नेपालले अब आइतबार नर्थन मारियाना आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार