Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यू-२० महिला टोली स्वदेश फिर्ता

    यू-२० महिला टोली स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 510
    SHARES

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।

    म्यान्मारमा आयोजना भएको छनोटमा सहभागिता जनाएको नेपाली आइतबार राति स्वदेश फर्किएका हुन् ।



    नेपाली टोलीलाई एन्फाका महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।



    छनोट खेलमा नेपाल जितविहीन बनेको थियो । शनिबार तेस्रो तथा अन्तिम खेलमा चाईनिज ताइपेसँग ५-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।

    समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० कै हार बेहोरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार