Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यू-२० महिला एसियन कप : चीनसँग नेपालको फराकिलो हार

    यू-२० महिला एसियन कप : चीनसँग नेपालको फराकिलो हार

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । एएफसी यु–२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले फराकिलो अन्तरको हार भोगेको छ ।

    म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५-० गोलले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो हार हो । चीनको यो लगातार दोस्रो जित हो ।



    पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो ।पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो ।



    छनोटको समूह ‘बी’ को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । चीन ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    अब नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ। प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार