Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिके राउत भन्छन् - राष्ट्रपति भण्डारीको कार्यकाल सफल रह्यो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।

'पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ,' उनले लेखेका छन् ।

अध्यक्ष राउतले राष्ट्रपतिको स्थान आफैंमा प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा बताए ।

उनले लेखेका छन् ''सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू ७ वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।

राष्ट्रपतिज्यूको स्थान आफैंमा प्रेरणाको स्रोत हो । एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति - त्यसमा पनि अझ एकल महिला-राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा हो। यो नै गणतान्त्रिक व्यवस्थाको सुन्दरता हो। अझ हामी जस्ता साधारण गरीब जनताका छोराछोरीहरू राष्ट्राध्यक्षको निवाससम्म गएर भेट्न सक्नु, सीधै कुरा राख्न सक्नु वा अझ जलपान समारोहमा बोलाइनु त्यो गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा मात्रै आज सम्भव भएको छ।

(त्यसो त हिजो काम विशेषले मलाई जनकपुर फर्किनु परेकोले राष्ट्रपतिज्यूले बोलाउनु भएको शीर्षनेताहरूसँगको चियापानमा सहभागी हुन सकिन, त्यसको लागि क्षमाप्रार्थी छु ।)''

साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालको लागि पनि उनले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077