Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले घेरे राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उद्योगी तथा व्यवसायीहरुले नेपाल राष्ट्र बैंक घेरेका छन् ।

बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ ।

व्यवसायीहरूले चालू आर्थिक वर्षको मौद्रिक नीतिका कतिपय बुँदाहरू परिमार्जन गर, ब्याजदरमा स्थिरता कायम गर, चालू पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवाशुल्क बन्द गरलगायतका नाराहरू लगाउँदै आन्दोलन गरेका हुन् ।

प्रर्दशनमा मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077