Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रोएसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तामाङ पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ४६ वर्षीय मेघलाल तामाङ रहेका छन् ।

उनले पीडितहरूबाट पटकपटक गरी १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले तामाङको खोजतलास गर्ने क्रममा सोमबार बिहान काठमाडौंको मिनभवनबाट पक्राउ गरेको थियो ।

तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077