Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • निजामती ऐनबाट सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ : मन्त्री मोदी

    निजामती ऐनबाट सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ : मन्त्री मोदी

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

    संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् ।



    मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, “ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मूलभूत रूपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ ।”



    ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार