काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम केहीबेरमै सार्वजनिक गरिने भएको छ।
पार्टीका नेताहरूका अनुसार महाधिवेशनस्थलमा खसालिएको मतको गणना दिउँसै सम्पन्न भइसकेको छ भने प्रवासमा रहेका प्रतिनिधिहरूले एपमार्फत दिएको मतको गणना पनि अन्तिम चरणमा पुगेको छ।
स्वदेश र विदेशबाट प्राप्त सबै मतको गणना सकिएपछि एकैपटक आधिकारिक अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्।