Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

रास्वपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठक आज बस्दै छ।

पार्टी सभापति रवि लामिछानेले आजका लागि बोलाएको सचिवालयको बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा दिउँसो ३:३० बजे बैठक बस्ने तय भएको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा विशेष गरी आगामी महाधिवेशन र साङ्गठनिक संरचनाका विषयमा छलफल हुनेछ।

बैठकका लागि जिल्ला अधिवेशन कार्यविधि २०८३ पारित गर्ने र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने प्रमुख कार्यसूची तय गरिएको छ।

त्यस्तै, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा सदस्यहरूको मनोनयनका विषयमा पनि बैठकमा निर्णय हुने झाले जानकारी दिए।

रास्वपाले बैंक खाता सञ्चालन र ‘विज्ञ तथा योजनाहरूका लागि आह्वान (कल फर एक्सपर्ट्स एण्ड प्रोजेक्ट आइडियाज) गर्ने विषयलाई पनि कार्यसूचीमा राखेको छ।

विविध अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको साङ्गठनिक जिम्मेवारी, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं लेबीका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077