Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हेल्दी सिटी समिटमा सहभागी हुन मेयर बालेन बेलायत प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बेलायत प्रस्थान गरेका छन्।

फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर  साह त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मेयर साहसँगै स्वास्थ्य सल्लाहकार डा। जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत गएका छन्।

मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077