Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनआईसी एशिया बैंकद्वारा श्रेष्ठलाई १० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा बापत बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेकी श्रेष्ठलाई १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको जावलाखेल शाखामा खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले चेक हस्तान्तरण गरे ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा बापत ३ करोड, दुर्घटना बीमा बापत १ करोड ३० लाख र मेडिकल बीमा बापत ३ करोड ६७ लाख गरी कुल ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077