Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पोखरामा चितुवाको आक्रमणबाट २ घाइते, मरेको अवस्थामा भेटियो चितुवा

पोखरा । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट रुपा ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा ३२ का राजेश तिमिल्सीना घाइते भएका हुन् ।

पोखरा १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको र दुवैजनाको अवस्था अहिले सामान्य रहेको बैदाम प्रहरीका प्रमुख वेद जोशीले बताए ।

चितुवालाई भने नियन्त्रणमा लिने प्रयास गरिरहेकोमा आफै मरेको अवस्थामा झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077