Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दूधको मूल्य लिटरमै ११ रुपैयाँ वृद्धि

    दूधको मूल्य लिटरमै ११ रुपैयाँ वृद्धि

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसी ले दूधको मूल्य बढाएको हो ।



    डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको छ । गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो ।



    ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको थियो ।

    त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार