Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

योगेश भट्टराईको प्रश्न - हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले पुनः सपथ लिनु पर्छ कि पर्दैन होला ? भन्दै प्रश्न गरेका छन् ।

बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सांसदसमेत रहेका भट्टराईलले अमेरिकी राष्ट्रपति ओबामाको उदाहरण दिँदै यस्तो प्रश्न गरेका हुन् ।

गत सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहणको क्रममा प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भनेका थिए । सोही विषयमा सचिव भट्टराईले हाम्रा राष्ट्रपतिले पुनः सपथ लिनु पर्छ कि पर्दैन होला भन्दै प्रश्न गरे ।

उनले लेखेका छन् 'अमेरिकी राष्ट्रपति ओबामाले सपथको बेहोरा सहि उच्चारण नगर्दा पुनः सपथ गर्नु परेको थियो। हाम्रा राष्ट्रपति रामचन्द्र पौडेलले सपथमा प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भन्नु भएको स्पस्ट सुनिन्छ । हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ? तपाईंलाई के लाग्छ ? कानुन र परम्पराले के भन्छ ? जिज्ञासा'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077