Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागूऔषध र नक्कली नोटसहित झापाबाट दाजुभाइ पक्राउ

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली नोटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

प्रहरीले झापाको बिर्तामोड नगरपालिका-४ बाट सुवास ताजपुरियाको घरकोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर र नाइट्राजेपान २८ ट्याबलेट लागुलागूऔषध बरामद गरेको हो।

साथै नक्कली नेपाली नोट हजार रुपैयाँका ८८ थान, पाँच सयका २ थान, अस्ट्रेलियन नोट एक सयका ३ थान, अन्य देशका नोट ११ थान, सक्कली नेपाली रुपैयाँ ३ हजार र मे.५ प.९७९७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरी चौकी बिर्ताबजारले जनाएको छ।

लागूऔषध र नक्कली नोटसहित २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रवीण ताजपुरीयालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077